वर्षमान पुनकाे दाबी : आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने

फाइल तस्बिर
काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदीय छानबिन समितिबाट आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने दाबी गरेका छन् ।
अहिले छानबिनका लागि मार्ग प्रसस्त मात्रै गरेको भन्दै उनले आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्री बन्ने दाबी गरेका हुन् । संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले छानबिन नसकिएसम्म माओवादीले अर्थमन्त्रीमा कसैलाई नपठाउने जिकिर गरे ।
पुनले अर्थमन्त्रीले राजीनामा दिएर शर्माले उच्च राजनीतिक नैतिकता देखाएको बताए । अर्थमन्त्रीमाथि छानबिन गर्न समिति गठन हुनुलाई पार्टीले स्वाभाविक रूपमा लिएको र पार्टीले नै राजीनामा दिन सुझाव दिएको पुनको भनाइ छ ।
उनले छानबिन समितिले नै सत्यतथ्य ल्याउने भएपनि अहिले नै शर्मालाई दोषी देखाउने काम भएको भन्दै आपत्ती जनाए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया