राजनीति

प्रेस युनियन निर्वाचन

संस्थापनइतर समूहले टुंग्यायो अध्यक्षदेखि उपमहासचिवसम्मका उम्मेदवार

इकागज |
साउन ५, २०७९ बिहीबार ११:४२ बजे

काठमाडौँ - नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनमा संस्थापनइतर समूहका तर्फबाट अध्यक्षदेखि उपमहासचिवसम्मका उम्मेदवार तय भएका छन् । 

समूहले अध्यक्षमा शिव लम्साललाई उम्मेदवार बनाउने भएको हो ।  महासचिवमा दिलीप पौडेल र उपमहासचिवमा  रमेश वाग्ले उम्मेदवार हुने भएका छन् ।  वरिष्ठ उपाध्यक्षमा प्रेम केसी, खुला उपाध्यक्षमा राममणि दाहाल र नकुल अर्याल उम्मेदवार हुने भएका छन् भने महिला उपाध्यक्षमा सलोजा दाहाल उम्मेदवार हुने भएकी छन् ।


संस्थापन समूहबाट अध्यक्षमा अनिता बिन्दु उम्मेदवार बनाउने पक्का भएको छ। त्यस्तै, वरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी र महासचिवमा जगन्नाथ दुलाललाई उम्मेदवार बनाउने चर्चा भए पनि अन्तिम रूप दिन बाँकी रहेको स्रोत बताउँछ । 

प्रेस युनियनको महाधिवेशन साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुँदै छ । करिब आठ वर्षपछि युनियनको महाधिवेशन हुन लागेको हो । 
 


Author

थप समाचार
x