राजनीति

प्रेस युनियनको महाधिवेशन उद्घाटन गर्न प्रधानमन्त्री देउवा आज हेटौंडा आउँदै

इकागज |
साउन ६, २०७९ शुक्रबार ६:३७ बजे

फाइल तस्बिर

मकवानपुर - प्रधानमन्त्री शेरबहादुर देउवा आज हेटौंडा आउने भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा पार्टी शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेसनको उद्घाटन गर्न हेटौंडा आउन लागेका हुन् ।

हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने सभामा देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी पोष्टराजले जानकारी दिए ।


उद्घाटन कार्यक्रममा देउवासँगै कांग्रेस उपसभापतिद्वय पुर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकास शर्मा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

आज उद्घाटन सत्र र भोलि ७ गते शनिबार निर्वाचन हुने प्रेस युनियनको राष्ट्रिय महाधिवेसनको तयारी पुरा भएको युनियनले जनाएको छ ।

शुक्रबार बिहान मकवानपुर उद्योग वाणिज्य संघ अगाडिबाट प्रभातफेरी गरिँदै कार्यक्रम स्थल रोयल पार्टी प्यालेसमा महाधिवेसन कार्यक्रम सुरु हुने बताइएको छ ।

महाधिवेसनमा संघीय संरचना अनुरुप विधान संसोधनसहित निर्वाचन कार्यक्रम रहेको छ । देशभरबाट सोह्र सय भन्दा बढी प्रतिनिधिहरूको उपस्थिति रहेको युनियनले जनाएको छ । महाधिवेशनले ७५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने छ ।


Author

थप समाचार
x