राजनीति

देउवाले शुक्रबार तीन बजे बोलाए तीन दलको बैठक

इकागज |
चैत २६, २०७७ बिहीबार १९:२८ बजे

काठमाडौँ : नेपाली कांग्रेसले सत्ता समीकरणबारे छलफल गर्न तीन दलको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार ३ बजे नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को बैठक बोलाएका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । 

कांग्रेसले अघिल्लो शुक्रबार केन्द्रीय कार्यसमिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र पार्टीकै नेतृत्वमा गठबन्धन सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो । त्यही निर्णय अनुरुप सभापति देउवाले माओवादी र जसपाको बैठक बोलाएका हुन् । 
 



Author

थप समाचार
x