राजनीति

प्रदेश १ का अर्थमन्त्री आङबुहाङको पुनर्नियुक्ति आजै सपथग्रहण

इकागज |
चैत २७, २०७७ शुक्रबार १६:१९ बजे

काठमाडौँ  : माओवादी केन्द्र र नेकपा एमाले ब्युँतिएपछि माओवादी छोडेर एमालेतिर गएका प्रदेश १ का सांसद टंक आङबुहाङलाई बिहीबार मात्रै माओवादी केन्द्रले कारबाही गर्‍यो । दल त्याग गरेपछि उनको सांसद पद स्वत खारेज भयो र मन्त्री पद पनि गयो । 

तर, संवैधानिक व्यवस्था अनुसार उनलाई पुन अर्थमन्त्रीकै रुपमा मुख्यमन्त्री शेरधन राईले नियुक्ति गरेका छन् । उनको आजै साँझ ५ः३० बजे सपथ ग्रहण हुनेछ । माओवादी केन्द्रको संसदीय दलको नेता रहँदाको अवस्थामा उनी एमाले प्रवेश गरेका थिए । एमालेले उनलाई केन्द्रीय सदस्य बनाइसकेको छ । माओवादीले रिक्त संसदीय दलको नेता पनि चयन गरिसकेको छ ।  



Author

थप समाचार
x