राजनीति

नेकपा (क्रान्तिकारी माओवादी) र बहुमतबीच एकता हुने

इकागज |
साउन २०, २०७९ शुक्रबार ९:३८ बजे

काठमाडौं - नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)ले पार्टी एकता गर्ने निर्णय गरेका छन् । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहितको वार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो ।

दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन दुई पार्टीका ६/६ जना गरी १२ सदस्यीय संयोजन समिति गठन गरेको छ ।


सहमतिपछि जारी संयुक्त वक्तव्यमा किरण र कन्चणले एकता प्रकृयामा सामेल हुन पार्टी संगठन र  नेता-कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।

समितिमा किरण, सिपी गजुरेल, हरिभक्त कंडेल, परि थापा, इन्द्र मोहन सिग्देल र रामसिंह श्रीस र धर्मेन्द्र बास्तोला,  हेमन्तप्रकाश वली, दिपक चलाउने,  गुणराज लोहनी, कृष्ण धमला, देवकला अधिकारी सदस्य रहेका छन् ।


 


Author

थप समाचार
x