राजनीति

सरकारले भन्याे : केपी ओलीको फोन ट्यापिङ गरेको समाचार निराधार

इकागज |
साउन २०, २०७९ शुक्रबार १६:३७ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारले एमाले अध्यक्ष केपी ओलीको गुप्तचरी गरेको र फोन ट्यापिङ गरेको समाचार निराधार भएको स्पष्ट पारेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले केही सञ्‍चार माध्यममा केपी ओलीको गुप्तचरी गर्न गुप्तचर परिचालन गरेको र नागरिकको फोन ट्यापिङ गरी गोपनीयताप्रति हस्तक्षेप गरेको भन्‍ने समाचार निराधार भएको बताएका हुन् ।


उनले यस्तो भ्रममा कोही पनि नपर्न अनुरोध गरेका छन् । साथै प्रवक्ता कार्कीले सरकार व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकारप्रति सचेत रहेको र यसको सम्मान तथा सम्वर्द्धन गर्न प्रतिवद्ध रहेको पनि बताए ।


Author

थप समाचार
x