राजनीति

सत्ता सञ्‍चालनको कुरा दिल्लीमा होइन, जनताको बीचमा हुनुपर्छः बिजुक्छे

इकागज |
साउन २०, २०७९ शुक्रवार १९:२१ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले अहिलेको सत्तारुढ दलहरु जनताको विरुद्धमा गएको आरोप लगाएका छन् ।

शुक्रबार पोखरामा पत्रकारसँग भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अहिलेको सरकार वामपन्थीहरु तोड्न दक्षिणपन्थी मिल्न नपाउने उल्लेख गरे । उनले राजनीतिक पार्टीहरु चुनावअघि जनतामाझ लगेका घोषणापत्र कार्यान्वयन गर्नमा नलागेको आाेप लगाए ।


अध्यक्ष बिजुक्छेले चुनावमा गठबन्धन गर्नुभन्दा पहिले चुनाव घोषणापत्र आवश्यक रहेको औँल्याए । उनले चुनावलाई कसरी लैजाने ? देशमा ती पार्टीहरुको बहुमत आयो भने सरकारमा गयो भने के काम जनताका निम्ति गर्ने ? देशको निम्ति गर्ने त्यो, स्पष्ट भाषामा आउन जरुरी रहेको बताए । उनले अहिलेका कम्युनिष्ट पार्टीहरु जनताको अभिमतलाई कुल्चिएर, जनताको आदेशलाई उल्लंघन गरेर कहिले काँग्रेससँग र कहिले राप्रपासँग मिल्ने गरेको भन्दै यो सिद्धान्त विपरितको कुरा भएको जिकिर गरे ।

अध्यक्ष बिजुक्छेले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै सत्ता सञ्चालनको कुरा दिल्लीमा नभइ जनताको बीचमा हुनुपर्ने बताए । 


Author

थप समाचार
x