राजनीति

चुनावी तालमेल गर्ने दलले एउटै चुनाव चिन्‍ह लिएर चुनाव लड्न पाउने

इकागज |
साउन २०, २०७९ शुक्रबार २०:१२ बजे

काठमाडौँ- मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा चुनावी तालमेल गरेका दललाई एउटै चुनाव चिह्न लिने बाटो खुला भएको छ । तालमेल गरेका दलले एउटै निर्वाचन चिन्हबाट निर्वाचन लड्न खोजेमा त्यस्तो सुविधा पाउने निर्वाचन आयोगले जनाएको हो ।

यसरी तालमेलमा जाने हुँदा निर्वाचन आयोगलाई दल दर्ता गर्दा नै जानकारी गराउनुपर्नेछ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा त्यो भन्दा बढी दलहरू एकल निर्वाचन चिन्ह लिई निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ । 


संयुक्त रुपमा उम्मेदवारी दिँदा सम्बन्धित उम्मेदवार कुन दलमा आबद्ध हो भन्‍ने चाहिँ खुलाउनुपर्नेछ । तर यसरी संयुक्त निर्वाचनमा गएपछि सबैभन्दा बढी सिट प्राप्त गर्ने दलकै सांसद मानिने छन् ।


Author

थप समाचार
x