राजनीति

नेपाल समाजवादी पार्टीको बैठक बस्दै

इकागज |
साउन २१, २०७९ शनिवार ६:४५ बजे

काठमाडौं - नेपाल समाजवादी पार्टीको बैठक आज बस्दै छ। काठमाडौँमा हुने बैठकमा विविध एजेन्डामाथि छलफल हुने पार्टीले जनाएको छ।

बैठकमा सङ्गठन निर्माणसम्बन्धी छलफल हुने र केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरूको कार्य विभाजन सम्बन्धी निर्णय हुने नेता विश्वदिप पाण्डलेले जानकारी दिए । 


उनका अनुसार बैठकमा आगामी निर्वाचनबारे पनि छलफल हुने र चुनावी रणनीतिबारे आवश्यक निर्णय हुनेछ । निर्वाचन आयोगसम्बन्धी कार्य तथा अन्य विविध विषयमा पनि बैठकमा छलफल हुनेछ।


Author

थप समाचार
x