राजनीति

सत्ता गठबन्धनमा रहने वातावरण बनाउन प्रधानमन्त्रीसँग बाबुरामकाे आग्रह

इकागज |
साउन २४, २०७९ मगलवार २०:६ बजे

काठमाडौँ- नेपाल समाजवादी पार्टीले सत्ता गठबन्धनमा आफूहरूकाे पनि हकदाबी लाग्‍ने भन्दै  यहीँ गठबन्धनमा रहने वातावरण बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे भेटमा पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र महेन्द्रराय यादवले यस्ताे आग्रह गरेका हुन् । उनीहरूले याे गठबन्धनमा आफूहरुकाे भूमिका महत्वपूर्ण रहेकाे पनि स्मरण गराएका थिए ।


भेटमा प्रधानमन्त्री देउवाले नेपाल समाजवादी पार्टीलाई पनि सहभागी गराएर जाने संकेत दिएका छन् । उनले भने, 'मैले पनि सोचिरहेकाे थिएँ तपाईंहरुलाई पनि गठबन्धनमा लिएर जाने भनेर, म सकारात्मक छु ।'


Author

थप समाचार
x