राजनीति

एमाले विवाद :

प्रदेश २ मा नेपाल समूहको छुट्टै संसदीय दल, महतो दलको नेता

सुभाष कर्ण |
चैत २९, २०७७ आइतबार १७:१३ बजे

जनकपुरधाम : नेकपा एमालेको विवादको असर प्रदेश २ प्रदेश सभामा पनि देखिएको छ । एमालेको माधव नेपाल समूहले ससंदीय दलको नेता चयन गरेको हो । संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरिएको हो ।  

आज आइतबार प्रदेश सभा परिसरमा रहेको संसदीय दलको कार्यालयमा बैठक बसेर नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओली समूहका मण्डललाई हटाएर महतोलाई दलको नेता चयन गरेको हो । भोलिदेखि बस्न लागेको प्रदेश सभा बैठकको पूर्वसन्धायामा नेपाल समूहले जिम्मेवारी हेरफेर गरेको हो । 


उक्त समूहले संसदीय दलको बैठकले रवीन्द्र बैठालाई दलको उपनेता, प्रमुख सचेतकमा सुन्दर विश्वकर्मा र दलका सचेतकमा बेची लुंगेलीलाई चयन गरेको छ । दलको नेता, प्रमुख सचेतक, सचेतक हेरफेर भएको जानकारी नेपाल समूहले सभामुख सरोज कुमार यादवलाई पत्र बुझाएर जानकारी गराइसकेको छ ।  

प्रदेश २ मा नेकपा एमालेका २१ सांसद छन् ।  यी मध्ये १३ जना सांसदले  नेपाल समूहकोतर्फ बाट हस्ताक्षर गरेर सभामुखलाई पत्र बुझाएका हुन् । यता ओली समूहका मण्डलले भने दलकाे नेता आफू नै भएकाे बताइरहेका छन् । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x