राजनीति

निर्वाचन आयोगले `प्रचण्ड`लाई साध्याे - स्थानीय तहको निर्वाचनमा १० करोड खर्च गरेर कसले जित्‍यो ?

इकागज |
साउन ३०, २०७९ सोमवार १८:१ बजे

फाइल तस्बिर

काठमाडौँ- निर्वाचन आयोगले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड`सँग स्थानीय तहको निर्वाचनमा करोडौँ खर्च हुने अभिव्यक्ति दिएपछि सूचना मागेको छ । केही समय अघि प्रचण्डले सार्वजनिक कार्यक्रममा उनले भनेका थिए,' साथीहरूले सुनाए गाउँपालिकाको निर्वाचनमा १० करोड खर्च गरेर जितेका छन् । १० करोड बाफ रे ।'

प्रचण्डलाई आयोगले निर्वाचनमा १० करोड खर्च गरेको अभिव्यक्ति दिएपछि त्यसबारेमा बुझ्न खोजिएको आयोगले जनाएको छ । 'निर्वाचनमा १० करोड रुपैयाँ खर्च कसरी भयो त्यसको जानकारी लिन खोजिएको हो,' कानुन शाखाका एक अधिकारी भन्छन्, 'सूचना भएमा हामीलाई सही जानकारी दिनु भनिएको छ । स्पष्टीकरण सोधिएको होइन ।'


आयोगले सूचना प्राप्त गर्न उनको कार्यालयमा पत्र पठाइएको थियो । कार्यालयले पत्र बुझ्न नमानेपछि पुनः सोही कार्यालयमा हुलाक मार्फत पठाइएको शाखाका अधिकारीले जानकारी दिए । ती अधिकारीले इकागज भने, 'कार्यालयले पत्र बुझिदिएन । पुनः कार्यालयमा पत्र पठाइएको हो ।'

 

 

 

 


Author

थप समाचार
x