राजनीति

राष्ट्रिय सहमति साथ नागरिकता विधेयक अघि बढाउन एमालेको आह्वान

इकागज |
साउन ३१, २०७९ मंगलबार ११:४० बजे

फाइल तस्बिर

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रिय सहमति साथ नागरिकता विधेयक नयाँ ढंगले अघि बढाउन आह्वान गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा एमालेका मुख्य सचेतक बिशाल भट्टराईले नागरिकता विधेयकमा विवाद नगरी राष्ट्रिय सहमतिका साथ अघि बढाउन आह्वान गरेका हुन् । 

नागरिकता विधेयक फिर्ता भएसँगै राष्ट्रपतिलाई विवादमा ल्याउन खोजिएको भन्दै उनले आपत्ति जनाए। नागरिकतासम्बन्धी अध्यादेश र विधेयक एउटै नभएकाले यस विषयमा राष्ट्रपतिजस्तो गरिमामय पदलाई विवादित बनाउन नहुने उनको भनाइ छ । 


उनले नागारिकता नागरिकले स्वत प्राप्त गर्नुपर्ने सुविधा भएको भन्दै यसविषयमा सिंगो मुलुकमा जनतालाई विभाजित गर्नेगरी छलफल र चर्चा हुनु मुलुकको हितमा नरहेको धारणा राखे । 

भट्टराईले यसअघि लामो समय संसदीय समितिमा छलफल भएको नागरिकता बिधेयक फिर्ता दिएर सरकारले ल्याएको अर्को विधेयक राष्ट्रपति कार्यालयबाट फिर्ता भएर छलफलको अर्को अवसर प्राप्त भएको जिकिर गरे । 


Author

थप समाचार
x