राजनीति

कृषि विज्ञ पौडेल चितवन–२ बाट चुनाव लड्ने

इकागज |
साउन ३१, २०७९ मंगलबार १२:५४ बजे

काठमाडौँ–कृषि विज्ञ कृष्णप्रसाद पौडेल आगामी प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट चुनाव लड्ने भएका छन् । पौडेलले सोमबार ट्विट गर्दै चितवन २ बाट आफ्नो उम्मेदवारी रहने बताएका हुन् । 

विषमुक्त माटो र खेतीपातीलाई मुख्य अजेन्डाको रुपमा लिएर आफ्नो उम्मेदवारी लिएर गएको उनले बताएका छन् । ‘मैले उल्लेखित सवालहरूलाई राजनीतिको मुल सवालहरू बनाउँदै, आगामी संसदीय निर्वाचनमा  चितवन २ बाट उमेदवारको प्रस्ताव गरेको छु,’ उनले विज्ञप्ति लेख्दै भनेका छन्, ‘सम्बन्धित विषयमा मेरा मुख्य अजेन्डा माटो विष मुक्त राख्ने र मानव स्वास्थ्य जोगाउने खाना र खेतीपाती सपार्ने, स्थानीयतहमा आधारित प्रकृति सम्मत विकासमा जोड दिने, प्रशासनिक नेतृत्वको पुनर्गठनको आवश्यकताको बहस र पहल गर्ने हो ।’


प्रकृति, प्रविधि र प्रवृत्तिमा आएको फेरबदलसँगै बहुसंख्यक जनसमुदायको जीवनका सबै आयामका संकट गहिरिँदै गएकाले राजनीति तहमै हस्तक्षेप गर्नुपर्ने भएको आफ्नो दाबी रहेको बताएका छन् ।

 ‘खासगरी, खेतिपातीमा कृत्रिम रसायन र घातक विषको कारण माटो र मानव स्वास्थ्य सबैभन्दा बढि संकटमा छ,’ उनले लेखेका छन्, ‘यो प्रवृत्तिलाई नफेर्ने हो भने हाम्रै कारणले प्रकृति थप विनाश हुने र हाम्रो जीवन नै धराशायी हुने निश्चित छ । हामी विषादीले होस् वा कंक्रिटले, आफ्नो उत्पादनशील जमिन ध्वस्त पार्दै खाद्यान्न आयातमा कति दिन निर्भर रहन सक्छौं? आधारभूत वस्तुमा परनिर्भर हाम्रो समृद्धि कति दिगो हुन्छ ? यसलाई फेर्न राजनैतिक तहमै हस्तक्षेप गर्नु पर्ने महसुस भएको छ ।’

  

 

याे पनि- खेतीपातीको मुद्दा लिएर चुनावमा उठ्‍ने तयारी गरेका कृषिविद्‌ कृष्ण पौडेलसँग कुराकानी


Author

थप समाचार
x