राजनीति

स्ट्यान्डर्ड नाप र तौल विधेयक पारित

इकागज |
साउन ३१, २०७९ १४:५३ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रिय सभाको सन्देशसहितको ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक’ २०७८ बहुमतले पारित गरेको छ । 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नापतौल ऐन २०२५ लाई संशोधन गर्न ल्याइएको उक्त विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गरेका थिए । 


उक्त विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको मन्त्री बडूले जवाफ दिएका थिए ।

सांसद प्रेम सुवाल र घनश्याम खतिवडाले उक्त विधेयकमाथि प्रस्तुत गरेकाे संशोधन प्रस्ताव भने सदनमा बहुमतले अस्वीकृत गरेको थियो ।



Author

थप समाचार
ad
x