राजनीति

केन्याको राष्ट्रपतिमा रुटो निर्वाचित

इकागज |
साउन ३१, २०७९ मंगलबार १४:५७ बजे

काठमाडौं– केन्याको राष्ट्रपतिमा रुटो विलियम सामोई निर्वाचित भएका छन् । 

पूर्वी अफ्रिकाको पावरहाउसमा कडा प्रतिस्पर्धा भएको चुनावमा सन् २०१३ देखि केन्याका उपराष्ट्रपतिको भूमिका निर्वाह गरेका रुटोलाई विजयी घोषणा गरिएको जानकारी प्राप्त भएको छ ।


विलियम रुटोले केन्याको राष्ट्रपति चुनाव जितेकाले अब आउने दिनहरूमा कानुनी लडाई र राजनीतिक षड्यन्त्रको अपेक्षा गरिएको बताइएको छ । रुटोले ५०.४९ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राइला ओडिङ्गालाई ४८.८५ प्रतिशत मत प्राप्त भएको थियो । 
उनले कम अन्तरले चुनाव जितेको बताइएको छ ।
 


Author

थप समाचार
x