राजनीति

दल दर्ताका लागि निवेदन दिएका दलहरूको जाँच बुधबारबाट हुने

इकागज |
साउन ३१, २०७९ मगलवार १९:२१ बजे

काठमाडौँ- निर्वाचन आयोगले निर्वाचन प्रयोजनार्थ आयोगमा दर्ताका लागि निवेदन दिएका सबै दलको भोलि (बुधबार) बाट जाँच गर्ने भएको छ ।

मंगलबार निर्वाचन आयोगमा दल दर्ता निवेदन गर्न पुगेका दलहरूको बारेमा जानकारी गराउँदै आयोगले यस्तो बताएको हो । सञ्चारकर्मीसँगको कुराकानीमा निर्वाचन आयोग, नेपालका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन प्रयोजनार्थ आयोगमा दल दर्ताको निवेदन दिएका सबै दलहरूको भोलिबाट जाँचपरक गर्ने, हेर्ने, कानुनबमोजिम छन् कि छैनन् ? प्राप्त गर्नुपर्ने सबै कागजात छ कि छैन भन्‍ने कुराको परीक्षण सुरु हुने बताए ।


उनले सबै कुराको परीक्षण गरेर दलहरूलाई दर्ताका लागि आयोगमा पेस गर्ने काम सुरु हुने जानकारी दिए । पौडेलले आयोगले निर्णय गरेपछि, कानुनसम्मत आयोगले ठहर गरेको खण्डमा आगामी निर्वाचन प्रयोजनका लागि दलहरू दर्ता हुने बताए ।


Author

थप समाचार
x