राजनीति

फोहोर बोकेका १८६ गाडी पुगे बञ्चरेडाँडा

इकागज |
साउन ३१, २०७९ मंगलबार २०:४१ बजे

फाइल तस्बिर

काठमाडौँ- अवरोधका बीच काठमाडौंको फोहोर बोकेका १८६ गाडी बञ्चरेडाँडा पुगेका छन् । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् ।

‘फोहोर व्यवस्थापन गर्दा कसैलाई पनि केही समस्या नपरोस् । यो हाम्रो प्रतिबद्धता हो । हाम्रो प्रतिबद्धतामा हामी इमान्दार, सचेत र संवेदनशील छौं,’ उनले भने ।


काठमाडौँको फोहोर लिएर बञ्चरेडाँडा पुगेका गाडीलाई आज दिनभर स्थानीयले अवरोध गरेका थिए । स्थानीयले ढुंगा र गुलेली हानेर अवरोध गरेपछि प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो ।


Author

थप समाचार
x