राजनीति

रवि लामिछानेको पार्टीले प्रदेश सभा चुनाव नलड्ने

इकागज |
भदौ १, २०७९ बुधवार १०:११ बजे

काठमाडौं - रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रदेशसभा निर्वाचनमा  भाग नलिने भएको भएको छ । ४ मंसिरमा हुने निर्वाचनमा संघीय चुनावमा मात्र भाग लिने अध्यक्ष लामिछानेले बताए ।

भिडियो सन्देश जारी गर्दै लामिछानेले भनेका छन्, ‘यस पटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने  भएको छ । यो निर्वाचनमा हाम्रो उम्मेदवारी, मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने छ ।’


उनले यही संरचनामा प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनुबाहेक केही नभएको उनले बताएका छन् । ‘प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं,’ उनले भनेका छन् ।


Author

थप समाचार
x