मेयर बालेन लक्षित मेयर साम्पाङको झटारो : फोहोरसम्म सोहोर्न नसक्नेले के फुइँ लाउनु बेकारमा !

काठमाडौँ- धरानका मेयर हर्क साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई घोचपेचसहित फेरि अर्को झटारो हानेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, 'फोहोरसम्म सोहोर्न नसक्नेले के फुइँ लाउनु बेकारमा ! फोहोर ठेगान लगाएर बल्ल कुरा गर्नु है ! हावा गफ होइन काम चाहिएको छ जनतालाई !'
केही दिनअघि काठमाडौँ आएर फर्किएका मेयर साम्पाङले बालेनलाई सामाजिक सञ्जालमार्फत झटारो हानिरहेका छन् । उनीहरूबीच अहिले सामाजिक सञ्जालमा हाेचपेच चलिरहेकाे स्टाटसहरु भाइरल बनेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया