राजनीति

ओलीले दिए खनाल-नेपाललाई पार्टीबाट निष्काशन गर्ने चेतावनी

इकागज |
चैत ३०, २०७७ सोमबार १९:३१ बजे

काठमाडौँ  :  प्रधानमन्त्री केपी शर्मा ओलीले खनाल–नेपाल समूहलाई पार्टीमाथि धावा नबोल्न चेतावनी दिएका छन् । सोमबार काठमाडौँमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूविरुद्ध भएका सबै गतिविधि सहँदै आए पनि पार्टीमाथि धावा बोल्ने काम भए कारबाही गर्ने चेतावनी दिएका हुन् ।   

उनले पार्टीलाई ध्वस्त पार्ने प्रयास भयोे भने ‘ठिक लगाउने’ चेतावनी दिए ।‘पार्टीलाई ध्वस्त पार्न खोज्नुभयो भने  बघिनी तब सम्म चुप हुन्छ जबसम्म डमरुमाथि खतरा हुदैँन । पार्टीमाथि धावा बोल्नुभयो भने ठिक लगाइने छ,’ खनाल–नेपाललाई इंगित गर्दै ओलीले भने, ‘जे बोलिरहनुभएको छ तर म सिमा हेरिहेको छु । तपार्इंहरुलाई मात्रै निष्कासन गर्न होइन हामीलाई पनि निष्कासन गर्न आउँछ भन्ने सम्झना राख्नुहोस् ।’ खनाल–नेपाल समूहले आफूलाई गरेको कारबाही किर्नाले भैँसी खाए जस्तै भएको टिप्पणी पनि गरे ।  



Author

थप समाचार
x