राजनीति

‘गल्तीलाई सबैले दिलबाट स्वीकार गरौं, यसमै सबैको भलो छ’

इकागज |
चैत ३०, २०७७ सोमवार २१:११ बजे

फाइल तस्बिर

काठमाडौँ  : सत्तारुढ दल नेकपा एमालेभित्र विवाद बढ्दो छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली समूह र वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहबीचको विवाद कारबाही हुँदै समानान्तर कमिटी गठनसम्म पुगेको छ । सर्वाेच्च अदालतले नेकपा एमाले ब्युँताइदिए पनि एमाले नै फुटको त्रासमा छ । 
पार्टीलाई विभाजन हुनबाट  जोगाउन खनाल–नेपाल समूहका नेता योगेश भट्टराईले सबैले आत्मालोचना गरेर अदालतको फैसलालाई स्वीकार गर्नुपर्ने बताउँछन् । 


‘आलोचना र आत्मालोचना बारे : पहिला २०७७ फागुन २३ गतेको सर्बोच्च अदालतको फैसलालाई सबैले स्वीकार गरौँ,’ उनले फेसबुकमा लेखेका छन्, ‘त्यसपछि २०७५ जेष्ठ २ गते कायम रहेको नेकपा एमाले केन्द्रिय कमिटीको बैठक आयोजना गरौँ । बैठकमा खुला खुलस्त छलफल गरौ । षड्यन्त्र र छलछाम कसैले कसैमाथि नगरौँ ।’ उनले सबैले आफूले गरेको गल्ति स्वीकार्नु पर्ने पनि बताएका छन् । ‘आफूबाट भएका गल्तीलाई सबैले दीलबाट स्वीकार गरौँ ।  पार्टीलाई बिधिसम्मत रुपमा संचालन गर्ने सबै तयार होऔं ।  महाधिवेशन र सबै तहका अधिवेशन आयोजना गरौ, स्वस्थ र पारदर्शी ढंगले लोकतान्त्रिक अभ्यास गरौ र परिणाम सबैले स्वीकार गरौँ,’ उनले लेखेका छन् ।  


सबै मिलेर आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउन सबैले कसम खानुपर्ने पनि बताएका छन् । ‘आउने निर्वाचनमा नेकपा एमालेको बहुमत ल्याउन सबैले कसम खाऊँ,’ उनले थप लेखेका छन्, ‘जमिनमा टेकौँ र जनता तर्फ फर्कौं । यसैमा छ सबैको भलो ।’  

आलोचना र आत्मालोचना बारे - पहिला २०७७ फागुन २३ गतेको सर्बोच्च अदालतको फैसलालाई सबैले स्वीकार गरौ । त्यसपछि २०७५ जेष्ठ...

Posted by Yogesh Bhattarai on Monday, April 12, 2021


Author

थप समाचार
x