राजनीति

संसद्‍मा विश्‍वासको मत माग्‍न छलफल गर्दै प्रधानमन्‍त्री ओली

इकागज |
चैत ३१, २०७७ मंगलबार १६:५७ बजे

फाइल तस्बिर

काठमाडौँ  : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत माग्ने बारे छलफल अघि बढाएका छन् । उनले आफू निकट केही नेता तथा मन्त्रीसँग त्यसबारेमा छलफल गरेका हुन् । उनको संकेतबारे खासै मन्त्रीहरू खुल्न चाहेनन् । सोमबार बसेको मन्त्रीपरिषद् वैठकमा उनले अनौपचरिक रूपमा अब आफूले विश्वासको मत मागेर अघि बढ्न पर्छ जस्तो लागेको भन्दै सुझाव मागेका थिए । 

अधिकांशले बहुमत रहेको भन्दै त्यो मत लिँदा केही नहुने बताएका थिए । आफूले राजीनामा नदिने तर विश्वासको मत लिने बताएपछि सबैले त्यसमा जान उपयुक्त हुने सुझाएका हुन । ओलीले छलफलमा आफूलाई माओवादीको समर्थन आवश्यक नरहेको समेत बताएका थिए । आफूले पटक–पटक माओवादीलाई समर्थन फिर्ता लिन भन्दा पनि नलिएको बताएका थिए । 


माओवादीबाट ओली तर्फ गएका मन्त्रीपरिषदमा एक मन्त्रीले भने, ‘उहाँले आउने वित्तिकै बैठकमा अनौपचारिक छलफलगर्दै विश्वासको मत लिन पर्छ कि भन्नु भएको हो ।’ प्रधानमन्त्रीले नयाँ वर्षको उपलक्ष्यमा आम नागरिकलाई शुभकामना दिँदा नै त्यो विषय घोषणा गर्ने वा अर्को दिन गर्ने त्यो टुंगो लागि नसकेको एक मन्त्रीले जानकारी दिए । 

सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना गरेसंगै मुलुकमा राजनीतिक जोडघटाउ निकै भइरहको अवस्थामा प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन् । सरकार र सभामुखको कारण संसदले समेत काम गर्न नसकेको अवस्थामा प्रधानमन्त्रीले त्यस्तो रणनीति लिएको पनि अर्का मन्त्रीको धारणा छ । 
आरम्भमा कुरा भयो, तर यसको विस्तारीत विषय भनेको मन्त्रीपरिषद वैठक कोभिड–१९ विरुद्धको रणनीतिका विषयमा केन्द्रित भएपछि अन्त्यमा प्रधानमन्त्रीले विश्वासको मत लिनेतर्फ संकेत गरेको अर्का मन्त्रीले बताए । माओवादी केन्द्र र एमालेकै माधव नेपाल समुहले प्रधानमन्त्रीको राजीनामा मागिरहेका बेला प्रधानमन्त्रीले त्यस्तो भएको हो । 

कांग्रेस, माओवादी र जसपा छलफल लामो भएपनि मओवादीले पनि सरकारलाई दिएको समर्थन कायमै राखेको छ । जसप फुटेर भए पनि ओलीलाई समर्थन हुने देखिए पनि उनले त्यस्तो निर्णय लिएको हुनसक्ने मन्त्रीहरुले बताए । राजनीतिक गतिरोध अन्त्य गर्न पनि प्रधानमन्त्रीले यो कदम चाल्न लागेको हुनसक्ने अर्का मन्त्रीको धारणा छ । 

खानेपानी मन्त्री मणीचन्द्र थापाले प्रधानमन्त्रीले निकै अनौपचारिक रुपमा विश्वासको मत लिन पर्छ कि क्या हो भनेर यसो कुराकानी गर्नु भएको बताए पनि गम्भीर छलफल भएको आफूले नपाएको बताए । उनले भने यस विषयमा पक्कै प्रधानमन्त्रीले छलफल गर्नु भएको होला भन्दै भने,‘राजनीतिक गतिरोध अन्त्य गर्दै अघि बढ्न यो कार्य आवश्यक छ ।’ तर यता सहकार्य नभएमा कांग्रेस, माओवादी र जसपाको मिलन हुने सम्भावना पनि उत्तिकै रहेकाले प्रधानमन्त्री अलमलिएका हुनसक्ने अर्का एक बरिष्ठ मन्त्रीले बताए ।


Author

थप समाचार
x