समाजको लागि काम गर्दागर्दै समय दिन सकिनँ, आमा माफ गर्नुः मुख्यमन्त्री राई
काठमाडौँ- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आमाको धेरै माया पाएर कमजोर भएको बताएका छन् । उनको आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा उपचारको क्रममा मोरङ सहकारी अस्पतालमा भदाै २० गते निधन भएको थियो ।
मुख्यमन्त्री राईले मंगलबार सामाजिक सञ्जालमा हिजोसम्म आमाको माया शक्ति थियो त्यही मायाले कमजोर बनाएको लेखेका छन् । उनले लेखेका छन्, 'आजदेखि चाहिँ साच्चै तपाईं हामी बीच रहनु भएन हिजोसम्म मृत भए नि सँगै हुनुहुन्थ्यो !'
मायालुपन र सोझोपनको फाइदा उठाएर धेरै पटक आमाले मन नपराएको काम गर्दा पनि गुनासो नगरेको स्मरण गर्दै उनले भावुक स्टाटस लेखेका हुन् ।
'ज्ञान आएदेखि खुसी पार्ने कोशिश गर्दागर्दै सकिएन होला, अरूका लागि, समाजको लागि चढाएको छोरा भन्नुहुन्थ्यो, त्यै काम गर्दा समय दिन सकिनँ, माफ गर्नुहोला,' भन्दै उनले भावना पाेखे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया