राजनीति

मंसिर ४ गते हुने निर्वाचनमा कूल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७०

इकागज |
भदौ ३१, २०७९ शुक्रबार १७:३२ बजे

काठमाडौँ- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कूल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको छ । 

निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गर्दै कूल मतदाता संख्या सार्वजनिक गरेको हो । 


आयोगका अनुसार कूल मतदातामा ८८ लाख ४७ हजार ५७९ जना महिला, ९१ लाख ४० हजार ८०६ जना पुरुष र १८५ जना अन्य रहेका छन् । 

२०७९ साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गरी आगामी मंसिर ३ गतेसम्ममा १८ वर्ष उमेर पूरा हुनेहरूको नाम अन्तिम नामावलीमा समावेश गरिएको आयोगले जनाएको छ । 

यसैगरी मतदाता संख्या समेतका आधारमा आयोगले १० हजार ८९१ मतदान स्थल अन्तर्गत २२ हजार २२६ मतदान केन्द्रहरू रहेन गरी मतदान केन्द्र स्वीकृत गरेको छ । 


Author

थप समाचार
x