राजनीति

सांसद तामाङद्वारा सिन्धुपाल्चाेकमा निर्वाचन क्षेत्र रणनीतिक सडकको शिलान्यास

इकागज |
असोज १, २०७९ शनिवार १६:१ बजे

काठमाडौँ - नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री शेरबहादुर तामाङले मेलम्ची नगरपालिकाको भदौरेमा आयोजित एक कार्यक्रममा सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं २ को रणनीतिक सडकको शिलान्यास गरेका छन्। देशभरका १६५ वडा निर्वाचन क्षेत्रमा बन्ने सडकमध्ये सिन्धुपाल्चोक २ मा यो सडक बन्न लागेको हो।  

सडक सन्जालको विस्तारसँगै स्थानीय कृषकको उत्पादित वस्तुले बजार पाउने भन्दै उनले भने, अब उत्पादनमा केन्द्रित बन्न आग्रह गरेका छन् ।


२० करोड लगानीमा बन्न लागेको सडकको निर्माण कार्य आजबाट शुरु भएको हो। सिन्धुपाल्चोक मेलम्चीको भदौरे-सिन्धुधुसिनी-कटुन्जे-मेलम्ची-नवलपुर-चौतारा-नौबिसे (कालोपत्रे) सडकको २ अर्ब लागतमा डिपिआर गरिएको सो सडकको पहिलो चरणको ठेक्काबाट करिब १२ किलोमिटर सडक कालोपत्र हुनेछ।

सो सडकले मेलम्ची नगरपालिकाका वडा नं ५,११,१० इन्द्रावती गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिकाको नौबिसे छुनेछ।

कमलजीत गणेश एण्ड गंगा आर ए जे भी निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको यो सडक असफाल्ट र डिबिएम प्रबिधिको कालोपत्रे हुनेछन्।

सो कार्यक्रममा  मेलम्ची नगरपालिकाका पूर्व प्रमुख डम्बर अर्याल, उपप्रमुख उमा प्रधान, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रम मेलम्ची  नगर कार्यपालिका सदस्य दिपक बोगटीको सभापतित्वमा भएको थियो।


Author

थप समाचार
x