राजनीति

गुरु घिमिरेको समर्थन गर्दै गोकुल बास्कोटाले गरे गगन थापाको आलोचना

इकागज |
असोज १२, २०७९ बुधबार १६:११ बजे

काठमाडौँ- नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाली कांग्रेसका नेता गगन थापाको आलोचना गरेका छन् । 

उनले सामाजिक सञ्जाल ट्वीटरमा कांग्रेस नेता गुरु घिमिरेप्रति सहानुभूति देखाउँदै थापाको आलोचना गरेका हुन् । 


‘कांग्रेसमा गगनले आफ्नो रक्षाको राजनीति गरेको देखियो जुन अक्सर नेपाली नेताहरुले गर्दै आएको सनातनी कर्म हो,’ नेता बास्कोटाले भनेका छन्, ‘तर चुपचाप र शान्त देखिने गुरु घिमिरेले दलीय राजनीतिको वास्तविक मर्मरक्षाको राजनीति गरेको देखियो ।’ 

घिमिरेले दलीय राजनीतिको वास्तविक मर्मरक्षा गरेपनि फाइदा भने थापाले नै लिने उनले जनाएका छन् । 

‘गुमाउन त गुरुले नै गुमाउँछन् तर गगनसामु गुरुले स्पस्ट रूपमा काँडा छाप छोड्ने भए,’ नेता बास्कोटाले लेखेका छन् ।


Author

थप समाचार
x