राजनीति

गठबन्धनका कारण मुलुक भयावह अवस्थामा : ओली

इकागज |
असोज १३, २०७९ बिहीबार १९:१८ बजे

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका कारण मुलुक भयावह अवस्थामा पुगेको बताएका छन् ।

बिहीबार भक्तपुरको बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनका कारण मुलुक अप्ठेरो र भयावह अवस्थामा पुगेका कारण त्रसित भएर गठबन्धनका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने लहर चलेको बताएका हुन् ।


उनले सरकार गठनका साथै देश बनाउने कुरामा आगामी निर्वाचन निकै महत्वपूर्ण हुने धारणा राखे । अध्यक्ष ओलीले मुलुकको विकासको गतिलाई अघि बढाउन र शान्ति सुुव्यवस्था कायम गर्न एमालेबाहेक कसैले पनि नसक्ने भएकाले अब एमालेको सरकार बन्नुपर्ने उल्लेख गरे। उनले देशमा लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्ने, भष्टाचार नियन्त्रण गरेर शुसासन कायम गर्ने र राष्ट्रियतालाई सुदृढ गर्ने लगाएतका प्रयासमा एमाले लागिरहेको बताए।

कार्यक्रममा अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादी, लोसपा लगाएतका दलका नेता कार्यकर्तालाई एमाले प्रवेश गराएका थिए । 


Author

थप समाचार
x