राजनीति

उम्मेदवार टुंगो लगाउन एमालेको सचिवालय बैठक सुरु

इकागज |
असोज १३, २०७९ बिहीबार १९:२४ बजे

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक सुुरु भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बिहीवार साँझ बैठक सुुरु भएको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको टुंगो लगाउने जनाइएको छ ।


बैठकमा लोकतान्त्रिक समाजवादी, राप्रपा, राप्रपा नेपाल लगायतका दलहरूसँग चुनावी तालमेल गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ । प्रत्यक्षतर्फका उम्मेदवारहरूले मनोनयन दर्ता गर्ने दिन नजिकिँदै गइरहेको अवस्थामा गठबन्धन दलहरूसहित सबै दलले उम्मेदवार छनोटबारे छलफल तीव्र पारेका छन् । प्रत्यक्षतर्फ यही असोज २३ देखि २६ गतेसम्म उम्मेदवारी दर्ता (मनोनयन) गर्न निर्वाचन आयोगले समय दिएको छ ।


Author

थप समाचार
x