राजनीति

देश सङ्कटमा पर्दा पनि नेतृत्व गर्नेलाई कुनै मतलब छैन : पूर्वराष्ट्रपति यादव

इकागज |
असोज १४, २०७९ शुक्रबार १७:८ बजे

काठमाडौँ- पूर्वराष्ट्रपति डा रामवरण यादवले निमुखा जनताको पक्षमा राजनीति गर्ने बेला आएको बताएका छन् ।

शुक्रबार भक्तपुरमा नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीले १५३ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा गरेको कार्यक्रममा उनले जनताको समस्या बुझ्दै निमुखा जनताको पक्षमा राजनीति गर्ने बेला आएको बताएका हुन् । गान्धीको विकासको सोच, निमुखा जनताप्रति करुणा राख्ने राजनीति रहेपनि अहिलेको राजनीतिक निमुखाको पक्षमा हुन नसकेको उनले उल्लेख गरे । अब युवा वर्गले जनताका लागि राजनीति गर्नुपर्ने धारणा उनकाे छ ।


यादवले विश्व सङ्कटमा र आफ्नो देश सङ्कटमा पर्दा पनि देशको नेतृत्व गर्नेलाई कुनै मतलब नभएको टिप्पणी गरे । भारतमा चर्खा आन्दोलन गरेर अङ्ग्रेजबाट देशलाई मुक्त गराउन गान्धीको योगदान ठूलो रहेको उनले जिकिर गरे ।

उनले मानव जातिले जल, जमिन, हावालगायत प्राकृतिक विनाश निम्त्याउँदा विश्वमा खाद्य सङ्कट, इन्धन सङ्कट बढ्दै गएको पनि बताए । 


Author

थप समाचार
x