कर्णाली प्रदेशका प्रदेश प्रमुखको कार्यभार शेरचनलाई
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशका प्रदेश प्रमुखको कार्यभार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई तोकेकी छन् ।
कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार क्यानाडाको ओटावामा यही असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा भाग लिन जाने भएपछि प्रधानमन्त्रीको सिफारिसमा उनको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार शेरचनलाई तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया