राजनीति

अब्दुस मियाँ गोरखा २ बाट चुनाव लड्ने !

इकागज |
असोज १५, २०७९ शनिबार १५:५२ बजे

गोरखा । गोरखा क्षेत्र नम्बर २  मा प्रतिनिधिसभा चुनावमा अब्दुस मियाँ उम्मेदवार बन्ने चर्चा सुरु भएको छ । 

नेकपा एमालेको तर्फबाट मियाँ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारी गरेका हुन् । उनी गत ६ असोजमा नेकपा एमालेमा प्रवेश गरेका थिए । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै उनलाई पार्टीमा प्रवेश गराएका थिए । 


त्यस अघि मियाँ काठमाडौँ ६ मा स्वतन्त्र चुनाव उठ्ने घोषणा गरिसकेका थिए । उनलाई पार्टी प्रवेश गराएपछि भएको एमालेको सचिवालय बैठकमा उनको ब्यवस्थापनका बिषयमा छलफल भएको थियो । 

उनलाई  काठमाडौँ ६ बाट वा गोरखा २ बाट उम्मेदवार बनाउने ? भन्ने बिषयमा सचिवालय बैठकमा छलफल भएको थियो । गोरखा २ मा टिकट दिनका लागि लागि एमाले गोरखाका नेताहरुले केन्द्रीय कमिटीमा लबिङ पनि गरेका छन् ।


Author

थप समाचार
x