राजनीति

कर्णालीमा ओलीलाई हैसियत देखाइदियौँ : माधव नेपाल

इकागज |
बैशाख ५, २०७८ आइतबार १८:१७ बजे

काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेश सभामा फ्लोर क्रस गरेर केपी शर्मा ओलीलाई हैसियत देखाइदिएको बताएका छन् ।  काभ्रेपलाञ्चोकमा समानान्तर जिल्ला कमिटी घोषणा समारोहमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।  उनले पत्रकार महासंघमा पनि अरु संगठनसँग मिलेर छक्का हानेको दाबी गरे ।  

‘पत्रकार महासंघको चुनावमा हाम्रा साथीहरू कांग्रेस, माओवादीसहित ११ संगठन एकातिर भएर गए । केपीको सानो गुट अर्कोतिर थियो । हामीले पत्रकार महासंघमा अरुसँग मिलेर छक्का हान्यौं,’ नेपालले भने, ‘राजनीतिक भविष्य नै सिध्याइदिने भनेपछि मर्ता त क्या नही कर्ता भन्ने अवस्था आएपछि उसैलाई सिध्याइदिएँ । उनको अहिले बिजोग भएको छ । हामीले हैसियत देखाइदियौँ ।’  



Author

थप समाचार
x