राजनीति

एकीकृत समाजवादीको घोषणापत्र : निर्वाचन प्रणाली सुधारमा जोड (पूर्ण पाठ)

इकागज |
कात्तिक १४, २०७९ सोमबार १३:५० बजे

काठमाडौं - नेकपा एकीकृत समाजवादीले मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलक्षित घोषणा पत्र सार्वजनिक गरेको छ । सोमबार समाजवादीका महासचिव बेदुराम भुसालले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

समाजवादीले घोषणापत्रमा निर्वाचन प्रणाली सुधार गर्नेलाई जोड दिएको छ । ‘यो मूलतः धेरै पैंसा खर्च गर्नेले मात्र जित्न सक्ने खालको छ । यो जटिल पनि छ र कुनै पार्टीले बहुमत ल्याउन नसक्ने खालको छ । कुनै पनि पार्टीको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भइ विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ । हामी यस निर्वाचन प्रणालीलाई सुधार गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौँ ।’ घोषणापत्रमा भनिएको छ ।


घोषणापत्रमा मल कारखाना स्थापना गरिने, विदेश गएका युवालाई स्वदेश फर्काउने अभियान सञ्चालन गर्ने उल्लेख छ ।
 


Author

थप समाचार
x