राजनीति

उम्मेदवारी खारेजको माग गर्दै धनुषा ३ का उम्मेदवार झा र निधिविरुद्ध उजुरी

इकागज |
कात्तिक २३, २०७९ बुधबार १६:० बजे

जनकपुरधाम । आफ्नो चरित्र हत्या गरेको भन्दै जनकपुरधामका चन्द्रमोहन चौधरीले धनुषा क्षेत्र नम्बर ३ का लागि पाँच दलीय सत्तारुढ गठबन्धनका उम्मेदवार विरुद्ध उजुरी दिएका छन्। धनुषा क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभाका लागि सत्तारुढ गठबन्धनबाट लोसपाका उम्मेदवार अनिल झा, प्रदेश सभातर्फ ३ (ख) का परमेश्वर साह र कांग्रेसबाट समानुपातिक उम्मेदवार एवं नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी खारेज सहितको माग गर्दै उजुरी दिएका हुन ।

गत आइतबार जनकपुरधामस्थित विद्यापति चोकमा सम्पन्न विद्यापति स्मारक पर्वमा सहभागी भएको बेला प्रमुख अतिथिको रुपमा कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधि, विशिष्ट अतिथिमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिलकुमार झा र ३ (ख)का प्रदेशसभा सदस्य पदका उम्मेदवार परमेश्वर साहसँगको फोटो सामाजिक सञ्जालमा राखेर मेरो चरित्र हत्या गरेको चौधरीले आरोप लगाएका छन्। उनीहरुले विद्यापति स्मारक पर्वका संरक्षक चन्द्रमोहन चौधरीले निर्वाचन कार्यालयमा उजुरी दिएका हुन् ।


चौधरीले गठबन्धनका उम्मेदवारहरुले भिडियो क्लिप बनाएर सामाजिक सञ्जालमा राखेको र विद्यापतिको स्मृति जस्तो सांस्कृतिक कार्यक्रममा पार्टीको नारा लगाएर आचारसंहिता उल्लंघन गरेकाले उनीहरुको उम्मेदवारी खारेजी हुनुपर्ने माग निर्वाचन आयोगको कार्यालयसँग गरेकाे बताए । चौधरीले सो कार्यक्रम राजनीतिक उद्देश्य अथवा प्रचारप्रसार गर्ने उद्देश्यले नभएको र सो कार्यक्रममा आफूलाई समितिको पूर्व संयोजकको हैसियतले आमन्त्रण गरिएको बेलामा कार्यक्रमको दृश्य, तस्बिर लगायतलाई भिडियो रिमिक्स बनाएर आफ्नो पार्टी र गठबन्धनको प्रचारप्रसारमा प्रयोग गर्नु गलत भएकाे बताए । उनीहरुले आफ्नो गल्ती स्वीकार गरे माफ गरिदिने समेत बताए ।

उनले भने, ‘म एउटा स्वतन्त्र व्यक्ति हुँ । त्यो कार्यक्रममा म पनि उपस्थित थिएँ । तर, म सहभागी भएको केही दृश्यहरुलाई उनीहरुले रिमिक्स भिडियो बनाएर मेरो चरित्र हत्या गर्ने प्रयास गरि निर्वाचनको निम्ति प्रचारप्रसार गर्नु गलत हो । आयोगले तिनीहरुलाई कारवाही नगरे आम जनताको आवाजको निष्पक्षताप्रति प्रश्न खडा गर्नेछ ।


Author

थप समाचार
x