राजनीति

निर्वाचनका लागि जुम्लामा खटिए आठ सय ४८ कर्मचारी

इकागज |
कात्तिक २७, २०७९ आइतबार १४:२९ बजे

जुम्ला । आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि जुम्लामा  आठ सय ४८ कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका जुम्लाले  एक सय आठ मतदान केन्द्रको लागि  कर्मचारी खटाएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन कर्मचारीको सूचीअनुसार एक सय ६ वटा स्थायी र दुई वटा अस्थायी गरि आठ सय ४८ कर्मचारी खटाएको हाे । 

त्यस्तै, मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार एक सय आठ जना मतदान अधिकृत र एक सय आठ जना सहायक मतदान अधिकृतसहितका कर्मचारी खटाएको हो । उनका अनुसार ९९ मतदान केन्द्रमा आठ जना कर्मचारीका दरले सात सय ९२ जना, सात वटा मतदान केन्द्रमा सात जना कर्मचारीका दरले ४९ जना र दुई वटा अस्थायी मतदान केन्द्रमा सात जना खटाएको हो । 


मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुई सय ५१ भन्दा तलको मतदाता भएको स्थानमा सात जना र दुई सय ५१ भन्दामाथिको मतदाता भएको स्थानमा आठ जनाका दरले कर्मचारी खटाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार खटाएका कर्मचारीलाई तालिम दिएर, सामग्री हस्तान्तरण गरेर पठाइने भएको छ । 


Author

थप समाचार
x