राजनीति

सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रूपमा सफल : सरकार

इकागज |
मंसिर ४, २०७९ आइतबार २०:५६ बजे

काठमाडौँ- सरकारले सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रूपमा सफल भएको बताएको छ ।

आइतबार निर्वाचन सकिसकेपछि न्युज एजेन्सी नेपालसँगको कुराकानीमा गृह मन्त्रालयका सचिव विनोदवप्रकाश सिंहले सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रूपमा सफल भएको बताएका हुन् । उनले निर्वाचन बिथोल्ने गतिविधिको चेतावनी दिने समूहले चेतावनी अनुसार कुनै पनि गतिविधि नगरेको र निर्वाचन सम्पूर्ण रूपमा सफल भएको बताए । उनले सुरक्षा निकायको तदारुकता र कार्य योजनाको कार्यान्वयनको मुख्य भूमिकाका कारण निर्वाचनको सुरक्षा व्यवस्थापन पनि चुस्त भएको बताए ।


गृहसचिव सिंहले आन्तरिक असमझदारीका कारण केही पार्टीका प्रतिनिधिहरू र स्थानीयको केही उश्रृंखल क्रियाकलापले गर्दा केही स्थानहरूमा निर्वाचन स्थगित भएको बताए । निर्वाचन ८० स्थानमा अवरुद्ध भए पनि समन्वयबाट १५ वटा मतदानस्थल बाहेक अन्य सबै मतदान केन्द्रको मतदान सकिएको छ । उनले बाँकी १५ वटा मतदान स्थलमा भने पूर्ण रूपमा मतदान हुन नसकेको जानकारी दिए । उनले कतिपय स्थानमा ४ वटा मतपत्रहरू बेग्लाबेग्लै बाकसमा हाल्नुपर्नेमा तदनुरूप नभएर केही स्थानमा अलग्गै बाकसमा राख्दा समस्या भएको बताए ।

मतदानमा रहेका प्रतिनिधिहरूबीचको विवादले पनि केही स्थानमा अवरोध सिर्जना भएको पाइएको गृहसचिव सिंहकाे भनाइ छ । उनले स्थानीय र केही उश्रृंखल तत्वले निर्वाचनमा अवरोध गर्दा केही ठाउँको मतदान रोकिएको बताए । ती ठाउँमा दुई दिन भित्रमा पुनः मतदान हुने जिकिर गरे ।

बाजुराको बुढीगंगा गाउँपालिका, त्रिवेणी नगरपालिकाको मतदान केन्द्र, त्रिवेणी नगरपालिका ७, नाट्यश्वेरीको सुर्खेतको एउटा मतदान केन्द्र, गुुल्मी र नवलपुर सुस्तापूर्वको दीपचुलीको समानुपातिक तर्फको मतदान गरेको सम्बन्धमा विवाद भएर स्थगित भएको बताए ।


Author

थप समाचार
x