राजनीति

मुस्ताङमा कांग्रेसका उम्मेदवार जितनजिक

इकागज |
मंसिर ५, २०७९ सोमवार १०:५९ बजे

काठमाडौँ - प्रतिनिधिसभा निर्वाचन क्षेत्र मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले अग्रता लिएका छन् । उनलाई भने एमालेका उम्मेदवारले पछ्याइरहेका छन् । 

कांग्रेसका थकालीले ३ हजार १५६ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनले २ हजार ५२१ मत प्राप्त गरेका छन् ।


मुस्ताङमा राष्ट्रिय स्वतन्त्र पार्टीका सन्देश गुरुङले ३० मतमात्र प्राप्त गरेका छन् ।

मुस्ताङमा ७ हजार २३० मत खसेको थियो ।


Author

थप समाचार
x