राजनीति

काठमाडौं–१ मा प्रकाशमानलाई रवीन्द्र मिश्रले उछिने

इकागज |
मंसिर ५, २०७९ सोमबार १६:२४ बजे

काठमाडौं - काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई राप्रपाका रवीन्द्र मिश्रले उछिनेका छन । अपराह्न ४: १५ मा सार्वजनिक भएको मतगणना अनुसार मिश्रले २४१७ मतसहित सिंहलाई उछिनेका हुन् ।

कांग्रेसका सिंहले २३०२ मत ल्याएका छन भने तेस्रो एमालेका किरण पौडेलले १४४० मत प्राप्त गरेका छन् । उता रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १३६५ मत प्राप्त गरेका छन्।



Author

थप समाचार
x