राजनीति

रवीन्द्र मिश्रका कारण सुखद राजनीतिकाे सत्यनास सुरु भएकाे थियाे : केशव दाहाल

इकागज |
मंसिर ६, २०७९ मंगलबार ९:३८ बजे

काठमाडौँ- रवीन्द्र मिश्र पराजित बनेपछि उनका पूर्व राजनीतिक सहकर्मी केशव दाहालले सामाजिक र मानवीय सम्बन्धका कारण उनको हारमा दुःखी बनेको प्रतिक्रिया दिएका छन् ।

मिश्रले प्रतिनिधि सभा उम्मेदवारका लागि काठमाडौँ १ बाट उम्मेदवारी दिएका थिए । नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमानसँग पराजित बनेपछि दाहालले मंगलबार बिहान सामाजिक सञ्जालमा मिश्रसँग राजनीतिक तथा वैचारिक असहमति बनेका थिए र अहिले उतिकै रहेको बताएका छन् ।


‘राजनीतिक रूपमा भने उनको हारमा दुखी हुनुपर्ने मेरा लागि कुनै कारण बाँकी रहेन । तर, आज म सँधै भन्दा धेरै दुखी छु हामीले निर्माण गर्न चाहेको वैकल्पिक राजनीतिलाई वहाँले छिन्नभिन्न गरेकोमा,’  उनले भनेका छन् ।

मिश्रले नयाँ दस्तावेज लेख्न लाग्दा सयौँ पटक नलेख्न आग्रह गरेको दाहालले उनले उल्लेख गरेका छन् । वैकल्पिक राजनीतिको आफ्नै स्पेसमा अझ बलियोसँग उभिन, पार्टीको महाधिवेशन गर्न र नयाँ कार्ययोजना साथ जनतामाझ जान अनुरोध गरेको थिए,’ उनले फेसबुकमा लेखेका छन्,’  तर वहाँले अर्कोबाटो रोज्नु भयो । जुन हाम्रो बाटो थियो, त्यो बाटोमा वहाँ हिँड्नु भएन । जुन अरूको बाटो थियो, त्यसमा वहाँ रमाउनु भयो । ‘

दस्तावेज नलेख्न पटकपटक आग्रह गरेको उनले उल्लेख गरेका छन् । उनले थपेका छन्, 'मैले धेरै अनुरोध गरेँ । तर, पटकपटकको कुराकानीमा पनि मैले वहाँलाई सम्झाउन सकिनँ । वहाँले दस्तावेज बाहिर ल्याएको दिन अलिक झ्वाकमै मैले लेखेँ- नर्कको बाटो हिँडेर स्वर्ग पुगिँदैन । आखिर सत्य त्यही थियो ।‘

दस्तावेजले सुखद राजनीति विकल्पको सत्यनास सुरु गरेको दाबी गरेका छन् । उनले दस्तावेज मेरा लागि सर्वाधिक दु:खको विषय बनेको बताएका छन् । ‘रवीन्द्र जी, के भनौँ । यतिमात्र भने हामीले खनेको वैकल्पिक राजनीतिको बाटोमा टेकेर अरू नै सही कोही त सफलताको शिखर उक्लिँदै छन्,’ उनले भने,’ अहिलेलाई त्यसैमा खुसी मनाउ । नयाँ सम्भावना जिन्दावाद ।‘

सुरुवातीमा दाहाल र मिश्र विवेकशील साझामा सँगसँगै थिए ।

 

 

 

 


Author

थप समाचार
x