राजनीति

रुपन्देही–३ मा गृहमन्त्री खाण पछि परे

इकागज |
मंसिर ६, २०७९ मंगलबार ११:५१ बजे

बुटवल- रुपन्देही–३ मा गृहमन्त्री बालकृष्ण खाण पछि परेका छन् । मंगलबार विहानसम्मको मतगणनामा राप्रपाका दीपक बोहराले चार हजार १७० मतसहित अग्रता लिएका छन् । उनलाई नेकपा एमालेले समर्थन गरेको छ ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रहेका गृहमन्त्री खाणले तीन हजार ९१९ मत पाएका छन् । गृहमन्त्री खाणलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित सत्ता गठबन्धनमा रहेका दलको समर्थन छ ।



Author

थप समाचार
x