राजनीति

गगन थापाले मतदातालाई सम्बोधन गर्दै भने : अब संसदीय दलको चुनावको तयारीमा लाग्छु

इकागज |
मंसिर ६, २०७९ मगलवार १२:५७ बजे

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ का नव निर्वाचित प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताएका छन् ।

निर्वाचन मतपरिणाम घोषणा भएगलत्तै मतदातालाई सम्बोधन गर्दै उनले भने, ‘संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु । मतदाताको मनमा के छ । मनको कुरा पनि व्यक्त गर्नुभएको छ । त्यो पूरा गर्नुपर्छ ।’


थापाले अहिले जनताले स्थायित्व मात्रै नभई नेपाललाई हाँक्ने नयाँ चालक पनि खोजेको बताए । ‘त्यो चालक कांग्रेसभित्रै छन् । यो बहस पार्टीभित्र पनि भइसकेको छ । कांग्रेसले नयाँ नेतृत्व दिन जरुरी छ । देशभरबाटै यो विचार व्यक्त भएको छ,’ उनले मतदातालाई सम्बोधन गर्दै भने ।

काठमाडौँ ४ बाट २१ हजार ३०२ मतका साथ विजयी भएका थापाले मतदाताको विश्वासमाथि घात नगर्ने वाचासमेत गरेका छन् । उनले मतदाताले दिएको जिम्मेवारी इमानदारिताका साथ पूरा गर्ने बताए ।

 


Author

थप समाचार
x