राजनीति

प्रतिनिधि र प्रदेश सभाको मतपत्र एकै ठाउँमा भेटिएपछि कास्की १ को मतगणना रोकियो

इकागज |
मंसिर ६, २०७९ मंगलबार १३:४५ बजे

पोखरा- कास्की निर्वाचन क्षेत्र नम्बर १ को मतगणना रोकिएको छ । प्रतिनिधि सभातर्फको मतपेटिकामा प्रदेश सभातर्फको ९९ मत भेटिएपछि रोकिएको हो । 

मतगणनाका क्रममा प्रतिनिधि सभातर्फको मतपेटिकामा प्रदेश सभाको मतपत्र भेटिएपछि दलहरूबीच विवाद सिर्जना भएको हो । कर्मचारीले लापरबाही गर्दै प्रतिनिधि सभाको मतपत्र दिनुपर्नेमा प्रदेश सभाको दिएको दलहरूले जनाएका छन् ।


कास्की–१ मा नेपाली कांग्रेसका किशोरदत्त बराल र नेकपा एमालेका उम्मेदवार मनबहादुर गुरुङबीच कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मत परिणाम अनुसार एमालेका गुरुङले अग्रता बनाइरहेका छन् ।

त्यस्तै सोही क्षेत्रमा प्रतिनिधि सभातर्फ उक्त केन्द्रमा १ हजार ४८ मत खसेकोमा १ हजार ४७ मत भेटिएको छ ।


Author

थप समाचार
x