राजनीति

ललितपुर–३ मा भारी मतले तोसिमा अगाडि, पम्फा तेस्रो

इकागज |
मंसिर ७, २०७९ बुधवार २२:५३ बजे

ललितपुर– ललितपुर क्षेत्र नंं ३ मा तोसिमा कार्कीकै अग्रता कायम छ । हालसम्मको ४८ हजार ६८६ मतगणना हुँदा कार्कीले २४ हजार ४६७ मत ल्याएकी छिन् ।

उनका प्रतिस्पर्धी एमालेका अमृत खड्काले १० हजार ९५४ मत ल्याएका छन् । त्यस्तै, गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी पम्फा भुसालले ७ हजार ५५७ मत ल्याएकी छिन् । ललितपुरमा अब १३ हजार मत गन्न बाँकी छ । 
 



Author

थप समाचार
x