राजनीति

एमाले पत्तासाप

म्याग्दीमा सत्ता गठबन्धनको 'क्लिन स्वीप'

इकागज |
मंसिर ८, २०७९ बिहिवार ७:५६ बजे

पोखरा - म्याग्दीका तीनै सीट लोकतान्त्रिक वाम गठबन्धनले जितेको छ । प्रतिनिधि सभा सदस्यमा कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर)  तथा प्रदेश सभामा माओवादीका रेशम जुग्जाली र हरि भण्डारी विजयी भएका हुन् । 

गर्बुजाले एमालेका हरिकृष्ण श्रेष्ठलाई ३ हजार ८ सय ३२ मत अन्तरले हराए । खम्बिरको २४ हजार २१ मत आउँदा श्रेष्ठको २० हजार १ सय ८९ मत आयो । 


प्रदेश सभा (क) मा माओवादीका भण्डारीले एमालेका देवेन्द्रबहादुर कटुवाललाई हराए । भण्डारीले १२ हजार ७ सय ४० मत ल्याउँदा कटुवालले ११ हजार ७ सय ६५ मत पाए । 

प्रदेश सभा (ख) बाट माओवादीकै जुग्जाली निर्वाचित भएका छन् । उनले एमालेका यामबहादुर जुग्जालीलाई १ सय १ मत अन्तरले हराएका हुन् । रेशमको ९ हजार ४ सय ५४ मत आउँदा यामबहादुरको ९ हजार ३ सय ५३ मत आएको छ । 
 


Author

थप समाचार
x