राजनीति

मतगणना बिथोल्न तारबार भत्काउने प्रयास गर्दा राेक्ने प्रहरीकाे खानेपानी मन्त्रीले गरे सरुवा

इकागज |
मंसिर ८, २०७९ बिहीबार २०:३८ बजे

बारा- बाराको क्षेत्र नम्बर १ मा निर्वाचन हुनुभन्दा अगाडिदेखि खटिएका सशस्त्रका नायव प्रहरी नायव उपरीक्षक जगन्नाथ खड्का परिवर्तन भएका छन् । 

खड्कालाई परिवर्तन गरी यस क्षेत्रमा हाल सशस्त्रका नायव प्रहरी नायव उपरीक्षक विक्रममणि अधिकारीलाई ल्याइएको हो ।


नेपाली कांग्रेसका सहमहामन्त्री तथा बहालवाला खानेपानी मन्त्रीसमेत रहेका उमाकान्त चौधरीले उनलाई परिवर्तन गराएको बताइएको छ । मन्त्री चोधरीका प्रतिनिधिले मंगलबार दिउँसो मतगणना बिथोल्न तथा तारबार भत्काउने प्रयास गर्दा प्रहरीले रोकेको थियो । त्यसपछि करिब ९ घण्टा मतगणना समेत रोकिएको थियो ।


Author

थप समाचार
x