राजनीति

मोरङ-३ मा सुनिल शर्मा जित नजिक, भानुभक्तको दोहोरिने चाहनामा ब्रेक लाग्दै

इकागज |
मंसिर ९, २०७९ शुक्रबार १३:५९ बजे

काठमाडौँ- मोरङ ३ मा नेकपा एमालेका उम्मेदवार तथा पूर्वस्वास्थ्य मन्त्री भानुभक्त ढकाल पराजित हुने निश्चित भएको छ । हालसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्मा भन्दा ढकाल धेरै मतले पछि छन् ।

शर्मा ४५ हजार ९७ मत ल्याइ अग्रता कायम गरिरहेका छन् ।  ढकालले २३ हजार ९९३ ल्याएका छन् । शर्माले २१ हजार १०४ मतको अग्रता ल्याइ रहेका छन् ।


निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेले मत गणना जारी रहेको जानकारी दिए । उनले भने,' सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ८ को केही बाकस गन्न बाँकी छ ।' 

अघिल्लो निर्वाचनमा शर्मा ढकालसँग पराजित भएका थिए । ढकालले ४२ हजार ४ सय १३ मत प्राप्त गरेका थिए भने शर्माले ४० हजार ५ सय ७ मत ल्याएका थिए ।


Author

थप समाचार
x