राजनीति

एमाले सचिव भट्टको जिल्लामा एमाले 'निल'

इकागज |
मंसिर ९, २०७९ शुक्रबार १९:५८ बजे

धनगढी - नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज खेलराज भट्टको गृह जिल्लाकैलालीमा नेकपा एमाले 'निल' भएको छ । कैलालीमा नेकपा एमाले प्रतिनिधि तथा प्रदेश सभामै निल बनेको हो ।

२०७४ को निर्वाचनमा कैलालीमा एमालेले प्रतिनिधितर्फ दुई स्थान जितेको थियो भने, प्रदेश सभा तर्फ ५ सिट जितेको थियो । 


तर मंसिर ४ गते सम्पन्न निर्वाचनमा भने एमाले कैलालीबाट निल भएको हो । प्रतिनिधि सभा तर्फ कैलाली–४ मा इन्चार्ज भट्ट आफै पराजित भएका छन्, भने, कैलाली–५ मा नारदमुनि राना, कैलाली–३ मा  गौरिशंकर चौधरी, कैलाली–२ मा झपड रावल र कैलाली–१ मा तपेन्द्र रावल पराजित भएका छन् ।

प्रदेश सभा तर्फ पनि सुदूरपश्चिममा एमाले निल भएको छ । कैलालीका १० वटा प्रदेश सभा क्षेत्र मध्य एमालेले ९ वटा क्षेत्रमा उम्मेदवारी दिएको थियो । कैलाली–१ को प्रदेश क्षेत्र क मा भने एमालले जसपालाई छोडेको थियो ।

एमालेका तर्फबाट कैलाली १ को प्रदेश ख मा द्वारिका प्रसाद न्यौपाने, क्षेत्र नम्बर–२ को प्रदेश क मा कमला कुमारी ओली, ख मा डेजि पाण्डे, कैलाली क्षेत्र नम्बर ३ को प्रदेश क मा राजबहादुर बुढा, ख मा जयनारायण जोशीलाई उम्मेदवारी दिएका थिए । 

त्यसैगरी कैलाली क्षेत्र नम्बर–४ को प्रदेश क मा एमालेका भीमबहादुर देउवा, ख मा हरिसिंह साउँद र कैलाली–५ को प्रदेश क्षेत्र क मा नेपालु चौधरी र अ मा दुर्गा जोशीले उम्मेदवारी दिएका थिए । तर ९ मध्य एक जनाले पनि जीत हाँशील गर्न सकेनन् । नेकपा एमाले दार्चुला, बझाङ र अछाममा पनि निल बनेको छ ।
 


Author

थप समाचार
x