राजनीति

गठबन्धनकाे साथ पाउँदा पनि घनश्याम संसद् भवन छिर्नबाट वञ्चित, छविलाल विश्वकर्मा विजयी

इकागज |
मंसिर ९, २०७९ शुक्रबार २३:२६ बजे

रुपन्देही- रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार घनश्याम भुसाललाई पछि पार्दै नेकपा एमालेका नेता छविलाल विश्वकर्मा विजयी भएका छन् । पूर्व एमाले नेता  भुसाललाई ३ हजार ५ सय ६४ मतले पछि पार्दै उनी पिजयी बनेका हुन् ।

छविलालले २४ हजार ८७२ मत ल्याएका छन् भने भुसालले २१ हजार ३०८ मत प्राप्त गरे । एमालेबाट विद्राेह गरेका भुसाललाई सत्ता गठबन्धनको समर्थन रहेकाे थियाे । तर पनि उनले एमालेका उम्मेदवारलाई हराउन सकेनन् ।



Author

थप समाचार
x